नेपाल । सिमलतालस्थित त्रिशुली नदीमा हराइरहेका दुई बसको खोजी कार्यमा प्रयोग गरिएको ठूलो चुम्बक शनिबार नदीमा हराएको छ ।
भारतीय उद्दार टोलीले घटनास्थलमा आज दिउँसो बस खोजी गर्नेक्रममा १९ किलोको चुम्बक नै पानीले बगाएको हो । भारतीय टोलीले शनिबार १९ केजी र १४ केजीको दुई वटा चुम्बक प्रयोग गरेर खोजी गरेको थियो ।
असार २८ गते लेदोसहितको पहिरोले बगाएका दुई बस अहिलेसम्म भेटिएका छैनन् । बसमा रहेका ६२ यात्रु मध्ये अहिलेसम्म २४ जनाको शव फेला परेको छ भने अझै ३८ जनाको अवस्था अज्ञात रहेको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्