११ चैत्र २०८१, सोमबार

भारतमा शुक्रबारदेखि १८औँ लोकसभा निर्वाचन हुँदै

कोलोराडोखबर संवाददाता , April 19th, 2024

नेपाल । भारतमा शुक्रबारदेखि १८औँ लोकसभा निर्वाचन हुँदैछ । चुनाव सात चरणमा सकिँदैछ । अन्तिम मतदान आगामी जुन १ तारिखमा हुनेछ ।

पहिलो चरणमा शुक्रबार २१ राज्यको १०२ सिटमा मतदान हुँदैछ । मतदान स्थानीय समयअनुसार बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म हुनेछ ।

यससँगै अरुणाचल प्रदेशको ६० र सिक्किमको ३२ विधानसभा सिटका लागि पनि मतदान हुँदैछ । दुवै राज्यका एक–एक लोकसभा सिटमा सँगसँगै मतदान हुनेछ ।

मणिपुरको दुई लोकसभा सिट (मणिपुर इनर र मणिपुर आउटर) मा पनि पहिलो चरणमै मतदान हुँदेछ ।

प्रतिक्रिया दिनुहोस्