नेपाल । प्रधानमन्त्री सुशीला कार्कीले सचिवालय संख्या कटौती गरेकी छिन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बुधबार प्रेस विज्ञप्ति जारी गरी २० सदस्यीय सचिवालयबाट १४ जनालाई हटाएको जनाएको हो ।
अब प्रधानमन्त्री कार्कीको सचिवालयमा प्रमुख स्वकीय सचिव, मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रेस संयोजक, स्वकीय शाखा अधिकृत (फोटोग्राफर) र जनस्वास्थ्य विज्ञ मात्र रहने भएका हुन् ।
जेनजी आन्दोलनको प्रतिनिधिका रूपमा सचिवालयमा परेकाहरूलाई समेत प्रधानमन्त्री कार्कीले हटाएकी छिन्।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्