१५ कार्तिक २०८२, शनिबार

नेपाली कांग्रेसमा नियमित महाधिवेशनको कार्यतालिका ल्याउनेबारे छलफल

कोलोराडोखबर संवाददाता , November 1st, 2025

नेपाल । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसभित्र नियमित महाधिवेशन गर्नेबारे पार्टी पदाधिकारीसँग छलफल गर्नुभएको छ ।

उनले आज आफ्नो सम्पर्क कार्यालय विशालनगरमा पार्टीभित्र देखिएको गतिरोध अन्त्य गरी नियमित महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा आफू निकट पदाधिकारीसँग छलफल गर्नुभएको हो ।

छलफलमा पार्टी उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे सहभागी रहनुभएको डा कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिनुभयो ।

गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनपछि नेपाली कांग्रेसभित्र नियमित महाधिवेशन र विशेष महाधिवेशनको विषय उठ्दै आएको छ । गत असोज २८ गतेदेखि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकसमेत बस्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्