नेपाल । नेकपा एकीकृत समाजवादी (एस) को राष्ट्रिय सम्मेलन आइतबारदेखि काठमाडौंमा सुरु हुँदैछ।
विधान हेरफेर लगायतका एजेण्डसहित प्रज्ञा भवनमा सम्मेलन सुरु हुन लागेको हो । सम्मेलनमा पार्टी मातहतका कमिटी तथा जिल्ला तहका कार्यकर्ताबाट विधान संशोधनका लागि आएका सुझावहरूमाथि छलफल हुनेछ ।
पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण तथा कार्य योजनामा केन्द्रित रहने बैठकमा पार्टी सुदृढीकरणका साथै देशभर आधारभूत तहसम्म सङ्गठन स्थापित गर्न कार्य योजना सम्मेलनमा बनाइने प्रवक्ता जगन्नाथ खतिवडाले उल्लेख गरेका छन् ।
सम्मेलनले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलित नेतृत्व तथा कानुनी अस्पष्टतालाई मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी तोकिने छ ।
प्रतिक्रिया दिनुहोस्