नेपाल । काठमाडौं महानगरपालिकाका पहिलो मेयर पीएल सिंहको निधन भएको छ । पूर्वजनसंख्यामन्त्री समेत रहेका सिंहको सोमबार निधन भएको हो ।
२०४९ सालको स्थानीय तह निर्वाचन जितेर सिंह तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए । ८५ वर्षीय सिंह लामो समयदेखि अस्वस्थ थिए । गत वर्ष उनको पेटको शल्यक्रिया गरिएको थियो ।
उनी गणेशमान सिंहका धर्मपुत्र हुन् ,उनले लौहपुरुष गणेशमान सिंहका प्रमुख सहयोगी भएर पनि काम गरेका थिए । तर कांग्रेसको राजनीतिबाट वितृष्णा जागेपछि उनी निष्कृय भएर बसेका थिए ।
उनी पछिल्लो समय गणेशमान सिंहका छोरा एवम् वर्तमान उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको निवासमा बस्दै आएका थिए । उनको निधन पनि प्रकाशमान निवासमै भएको हो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्