२४ जेष्ठ २०८२, शनिबार

बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

कोलोराडोखबर संवाददाता , December 10th, 2024

नेपाल । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

सोमबार नागरिकताको विवरण हेरफेर गरी व्यक्तिगत लाभ लिएको आरोपमा अख्तियार दुरुपोग अनुसन्धान आयोगले सिलवाल विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सिलवालले झुट्टा विवरण दिई कुटनीतिक तथा विशेष राहदानीको सुविधा लाभ लिएको, नेपाल बीमा प्राधिकरणको अध्यक्षको ओहदामा बहाल रहन नपाउनेमा हाल पनि बहाल रहेको, अध्यक्षको हैसियतले प्रयोग गर्न नपाउने अधिकार प्रयोग गरेको, झुट्टा विवरण–व्यहोराको आधारमा उल्लेखित हैसियतहरुमा लिन नपाउने लाभ, सुविधा लिएको आयोगको आरोप छ ।

मुद्दा दर्ता भएसँगै सिलवाल निलम्बनमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्