नेपाल । बिहीबार साँझ सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि रास्वपाका सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याइएको छ ।
कास्की प्रहरीको हिरासतमा रहेका उनलाई साँझ साढे ५ बजेको जहाजबाट काठमाडौँ ल्याइएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनलाई काठमाडौँको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनबारे अनुसन्धानका लागि यहाँ ल्याइएको हो ।
सोही विषयमा परेको जाहेरीका आधारमा उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।
उनीमाथि पोखरामा सूर्यदर्शन सहकारीको रकम अपचलन, संगठित अपराध र सम्पत्ती सुद्धीकरणमा अनुसन्धान भइरहेको छ।
यसअघि लामिछानेसँग रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमासमेत बयान लिइसकिएको छ। उता चितवनको साहारा सहकारीको रकम अपचलनमा पनि अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भइसकेको छ ।
काठमाडौँपछि उनलाई चितवनमा लगेर बयान लिइने छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्