नेपाल (हेटौंडा) । बागमती प्रदेश सरकारले बुधबार एक सय दिनका गतिबिधि सार्वजनिक गरेको छ ।
एक सय दिनको अवधिमा केही महत्वपूर्ण काम गरेको भनियपनि त्यस्ता कामहरु भएको खासै देखिएको छैन । प्रदेश सरकारले नियमित कामलाई उपलब्धीका रुपमा ग्रहण गरेको छ ।
प्रदेश सरकारले गत असोज महिनामा आएको बाढी पहिरोका कारण भएको क्षति न्यूनिकरणमा काम गरेपनि अरु भने नियुक्ती लगायतका कामलाई आफ्नो उपलब्धीका रुपमा सार्वजनिक गरेको छ ।
मुख्यमन्त्री बहादुर सिंह लामा सहित प्रदेश सरकारका मन्त्रीहरु र सचिबहरु सहितको पत्रकार सम्मेलनमा प्रदेश सरकारले एक सय दिन सम्म भएका कामको विवरण आज सार्वजनिक गरेको हो ।
यो अवधिमा प्रदेश सरकारलाई संस्थागत रुपमा सुदृढ गर्न तीन वटा ऐन जारीभएको, बागमती प्रदेश सरकारको दोस्रो आवधिक योजना कार्यान्वयनमा ल्याइएको, भौतिक पूर्वाधार विकास कार्यलाई प्रभावकारी बनाइएकोलगायतका प्रगति सार्वजनिक गरिएको छ ।
प्रदेश सरकारको सय दिनको मुख्य मुख्य उपलब्धिमा नीतिगत तथा कानुनी सुधार, संवैधानिक नियुक्ति तथा अन्य पदपूर्ति गरिएको, रुग्ण आयोजनाहरुको पहिचान गरिएको, खानेपानी कार्यालय स्थापना, विद्युतीय चालक अनुमतिपत्र प्रणाली विकास गरी सञ्चालनको अन्तिम चरणमा पुगेको, कार्यविधिहरु स्वीकृत गरिएकोलगायतका प्रगति सो अवसरमा सार्वजनिक गरिएको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्