२० फाल्गुन २०८२, बुधबार

सहकारी प्रकरण होस् की मानव तस्करी प्रकरण, सबै कानुनी दायरामा आउनुपर्छः गगन

कोलोराडोखबर संवाददाता , November 10th, 2024

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरण होस् की मानव तस्करीमा संलग्न रहेको प्रकरण होस् सबै कानुनी दायरामा आउनुपर्ने बताएका छन् ।

महामन्त्री थापाले सामाजिक संजालमा लेख्दै कानुन विपरीत कार्य गर्ने सबै जनप्रतिनिधि कानुनी प्रक्रिया अनुसार अनुसन्धानको दायरामा आउनुपर्ने बताएका हुन् ।

उनले भनेका छन्– ‘सहकारी प्रकरण होस् की जनप्रतिनिधि मानव तस्करीमा संलग्न रहेको प्रकरण होस्, यस्ता प्रकरणमा संलग्न सत्ताको नजिकको होस की टाढाको होस्, नयाँ होस् की पुरानो होस्, भिडको होस् की टाकुराको होस्, एक्लो होस् की शक्तिशाली होस्, कानुन सबैको लागी बराबर हुनुपर्छ । गल्ती गर्नेले सजाय भोग्नुपर्छ । सबै कानुनी दायरामा आउनुपर्छ र सबैले आफ्नो भागको कानुनी दायित्व बोक्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्