२० फाल्गुन २०८२, बुधबार

नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित ट्रम्पलाई दिए बधाई

कोलोराडोखबर संवाददाता , November 7th, 2024

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् ।

सामाजिक सञ्जाल एक्समा ट्रम्पलाई मेन्सन गर्दै राष्ट्रपति पौडेलले ऐतिहासिक जितका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका हुन् ।

त्यस्तै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएकोमा डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार सामाजिक सञ्जालमार्फत अमेरिकाको ४७औँ राष्ट्रपतिमा निर्वाचित ट्रम्प बधाई तथा सफलताको शुभकामना दिएका हुन् ।

राष्ट्रपति ट्रम्पको नेतृत्वमा नेपाल र अमेरिकाको सम्बन्ध थप प्रगाढ बनाउन, पारस्परिक समृद्धि र सहयोगलाई बढावा दिन तत्पर रहेको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्