२० फाल्गुन २०८२, बुधबार

काँग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिमा तीन सदस्य मनोनयन

कोलोराडोखबर संवाददाता , November 1st, 2024

नेपाल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सदस्यता व्यवस्थापन केन्द्रीय समितिमा तीन सदस्य मनोनयन गरेका छन् ।

महामन्त्री गगन थापाको संयोजकत्वमा गठित समितिमा सभापतिले तीन सदस्य मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेल बताए ।

समितिमा केन्द्रीय सदस्य सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली स्नेही मनोनीत भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्