नेपाल । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको विधान अधिवेशन पोखरामा हुने भएको छ ।
अधिबेशन यही कात्तिक ५ र ६ गते पोखरामा हुने भएको हो ।
अधिवेशनले पार्टीको विधान र घोषणापत्र पारित गर्ने उनले बताए । अधिवेशनमा देशभरबाट चार सय भन्दा बढी प्रतिनिधि सहभागी हुने बताइन्छ ।
अधिवेशनमा भट्टराईले पार्टीको विधान र राजनीतिक प्रतिवेदन पेस गर्नेछन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्