नेपाल । नेपालस्थित तनहुँ आबुखैरेनीमा शुक्रबार भएको बस दुघर्टनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ ।
४३ जना सवार बसमा दुर्घटनामा घाइते १६ जनाको काठमाडौंमा उपचार भइरहेको छ । घाइतेलाई हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं ल्याइएको थियो ।
पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस आँबुखैरेनी गाउँपालिका– २ ऐना पहराबाट शुक्रबार बिहान मर्स्याङ्दी नदीमा खसेको थियो ।
भारतीय यात्रु बोकेको युपी ५३ एफटी ७६२३ नम्बरको बस बिहान ११ः३० बजेतिर मस्याङ्दी नदीमा खसेको थियो । यात्रुको उद्धारका लागि १० जनाको गोताखोर टोली घटनास्थलमा परिचालन भएको थियो । उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी खटिएका थिए ।
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण चितवनमा हुने भएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्