नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक थिति र प्रबन्ध भत्काएर समाज अघि बढ्न नसक्ने निष्कर्ष सुनाउनु भएको छ ।
नेपाल खेलकुद महासंघको तेस्रो केन्द्रीय कमिटी बैठकलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामाजिक प्रबन्धलाई मानेर नै समाज अघि बढ्ने बताउनुभयो ।
नेपालमा स्थापना गरिएको प्रणाली उपयुक्त छ कि छैन भन्ने विषयमा अहिले छलफल गर्ने बेला नभएको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्