२३ फाल्गुन २०८२, शनिबार

असोजको पहिलो साता केन्द्रीय कमिटीको बैठक बोलाउने माओवादी केन्द्रको निर्णय

कोलोराडोखबर संवाददाता , August 16th, 2024

नेपाल । नेकपा (माओवादी केन्द्र)ले असोजको पहिलो हप्ता केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।

बिहीवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले असोजको पहिलो हप्ता केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो । केन्द्रीय कमिटी बैठकपूर्व सबै प्रदेशमा जनवर्गीय संगठन मोर्चा, सल्लाहकार समिति र आयोगहरूको परामर्श समिति बैठक बस्ने छ ।

प्रदेशका बैठकहरूमा अध्यक्षदेखि उपमहासचिवसम्मका पदाधिकारीहरू उपस्थित हुने छ ।

साथै बैठकले सदन, सडक र माओवादी केन्द्रको नेतृत्व रहेको १२२ स्थानीय तहमा पार्टीको भूमिकालाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्