नेपाल । लुम्बिनी प्रदेशमा सरकार फेरिएको छ । मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त भएका छन् ।
प्रदेश प्रमुख अमिक शेरचनले संबिधानको धारा १६८ को उपधारा २ अनुसार आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यलयले जानकारी दिएको हो ।
यसअघि एमाले संसदीय दलका उपनेता रहेका आचार्यले सोमबारनै कांग्रेसको समर्थनमा सरकार बनाउने दाबी पेश गरेका थिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्