२३ फाल्गुन २०८२, शनिबार

सरकारले गर्नुपर्ने कामको सूचीसहित एमालेले प्रधानमन्त्री ओलीलाई सुझाव दियो

कोलोराडोखबर संवाददाता , July 20th, 2024

नेपाल । नेकपा एमालेले आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गर्नुपर्ने कामको सूचीसहित सुझावपत्र बुझाएको छ ।

महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीलाई भेट गरी सुझावपत्र बुझाएको हो ।

सुझावपत्रमा सरकारले तत्कालै चाल्नुपर्ने कदम र आगामी तीन बर्षभित्र गर्ने कामको सूची रहेको छ । सुझावपत्रमा झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राका क्रममा प्राप्त भएका सुझावदेखि जनतामा कायम रहेको निरासा चिर्न तथा आर्थिक क्षेत्रलाई चलायमान बनाउनका लागि सरकारले गर्नुपर्ने कामलाई समेटिएको छ ।

कांग्रेससँगको सहमतिपछि अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभन्दा डेढ साता अगावै एमालेले गत असार २१ गते ओली नेतृत्वको सरकारले आगामी ३ बर्षभित्र गर्नुपर्ने कामको बिषयमा सुझाव दिन उपमहासचिप प्रदीप ज्ञवालीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

कार्यदलले ३३ वटै बिभागसँग सरकारले गर्नुपर्ने कामको बिषयमा सुझावसहित प्रतिवेदन मागेको थियो । सोही प्रतिवेदनको आधारमा एमालेले सरकारलाई सुझावपत्र दिएको हो । सुझावपत्र महासचिव पोखरेल र उपमहासचिव एवं कार्यदल संयोजक ज्ञवालीले बुझाउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्