२९ फाल्गुन २०८२, शुक्रबार

आगामी आइतबार प्रधानमन्त्री ओलीले विश्वासको मत लिंदै

कोलोराडोखबर संवाददाता , July 18th, 2024

नेपाल । प्रधानमन्त्री केपी ओलीले ६ साउन गते आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् ।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार आगामी आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा ओलीले विश्वासको मत लिन लागेका हुन् ।

प्रधानमन्त्री नियुक्ति भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्‍यवस्था छ।

प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापित गर्दै ओली कांग्रेसको साथमा संविधानको धारा ७६ को उपधारा २ अन्तर्गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

असार ३१ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथग्रहण लिएका प्रधानमन्त्री ओलीको सरकारमा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा नेपाल र लोसपाका तर्फबाट मन्त्रीहरू बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्