नेपाल । नयाँ बन्ने सरकारमा नेपाली काँग्रेस र नेकपा एमालेले दुई दलबीच मन्त्रालयको भागबण्डा टुंगाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारनै नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री नियुक्त गरिसकेका छन् ।
नेपाली काँग्रेसले गृह मन्त्रालय, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य, पर्यटन तथा नागरिक उड्डयन, कानुन, न्याय तथा संसदीय व्यवस्था, कृषि र बन मन्त्रालय पाउने भएको छ ।
त्यस्तै नेकपा एमालेले अर्थ मन्त्रालय, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ ।
बाँकी पाँच मन्त्रालय अन्य साना दललाई राखिएको छ । कांग्रेस र एमालेबीच मन्त्रालयको भागबन्डा टुंगिएपनि कुन मन्त्रालयमा कसलाई पठाउने भन्ने बारे अझै निर्णय भएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्