१८ जेष्ठ २०८३, सोमबार

जसपा नेपालको २१५ सदस्यीय केन्द्रीय समिति घोषणा

कोलोराडोखबर संवाददाता , July 12th, 2024

नेपाल । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ।

गत जेठ २८, २९ र ३० गते जनकपुरधाममा सम्पन्न महाधिवेशनले अध्यक्षमा उपेन्द्र यादवलाई सर्वसम्मत चयन गरेको थियो । अध्यक्ष यादवले बिहीबार २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका हुन् ।

केन्द्रीय कार्यकारिणी समिति सदस्यमा रकम चेम्जोङ, गोविन्द चौधरी, प्रकाश अधिकारी, मृगेन्द्रकुमार सिंह, मनिषकुमार सुमन, राजकिशोर यादव, लालबाबु राउत र शिवलाल थापामगर छन् ।

यस्तै केन्द्रीय समिति सदस्यमा अमरेश नारायण झा, अर्जुन थापा, अशेश्वर यादव, अशोककुमार यादव, अनिरुद्रप्रसाद सिंह, अमरनाथ मण्डललगायत हुनुहुन्छ । जसपाले अध्यक्ष, कार्यकारिणी समिति सदस्य र केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरेको हो ।

पार्टीको बाँकी पदाधिकारी चाँडै टुङ्गो लगाउनेपार्टीले जनाएको छ । जसपामा अध्यक्षसहित सहअध्यक्ष एक, उपाध्यक्ष पाँच, महासचिव दुई, उपमहासचिव तीन, सचिव सात र कोषाध्यक्ष एक हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्