२१ फाल्गुन २०८२, बिहीबार

एमालेसँग नयाँ सरकार गठन गर्ने सहमति गरेसँगै देउवाले पदाधिकारी बैठक बोलाए

कोलोराडोखबर संवाददाता , July 2nd, 2024

नेपाल । मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

सोमबार मध्यरातमा नेकपा एमालेसँग नयाँ सरकार गठन गर्ने सहमति गरेसँगै देउवाले पदाधिकारीलाई छलफलका लागि डाकेका हुन् ।

एमाले र कांग्रेसबीच पहिलो चरणमा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । दोस्रो कार्यकाल कांग्रेसका सभापति देउवाको नेतृत्वमा सरकार गठन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्