३० फाल्गुन २०८२, शनिबार

देउवा र ओलीबीच अर्थपूर्ण भेट !

कोलोराडोखबर संवाददाता , June 30th, 2024

नेपाल । शनिबार दिउँसो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । यो भेटलाई राजनीतिक बृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

ओलीलाई भेट्न देउवा पत्नी आरजुसहित शनिबार दिउँसो साढे ३ बजे बालकोट पुगेका थिए । उनीहरुबीच करिब सवा दुई घण्टा कुराकानी भएको नेताहरु निकट स्रोतले जानकारी दिएको छ ।

उनीहरुबीच के विषयमा कुराकानी भयो भन्ने विषय खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्