१ चैत्र २०८२, आईतवार

यसकारण प्याकुरेलद्वारा दक्षिण कोरियाको राजदूत पद अस्वीकार

कोलोराडोखबर संवाददाता , June 24th, 2024

नेपाल । सरकारले दक्षिण कोरियाका लागि राजदूतमा सिफारिस गरेका मानवअधिकारवादी सुशील प्याकुरेलले उक्त पद अस्वीकार गरेका छन् ।

आइतबार उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र पठाउँदै सिफारिस फिर्ता लिइदिन अनुरोध गरेको हुन् । मन्त्रिपरिषद् बैठकले गत शुक्रबार प्याकुरेललाई दक्षिण कोरियासहित ८ मुलुकमा राजदूत सिफारिस गरेको थियो ।

राजदूत सिफारिस हुनुअघि आफूसँग कुनै विमर्श नगरिएको र विगतमा सरकारले तय गरेको मापदण्ड पनि ख्याल नगरेको भन्दै पद अस्वीकार गरेको प्याकुरेलले पत्रमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्