३० फाल्गुन २०८२, शनिबार

हाम्रो कारण सरकारसँगको सहकार्य टुट्दैनः नेपाल

कोलोराडोखबर संवाददाता , June 21st, 2024

नेपाल । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूहरुका कारण सरकारसँगको सहकार्य नटुट्ने बताएका छन् ।

उनले मुलुकको विकास र जनचाहना सम्बोधनका लागि आफ्नो दलले सरकारसँग सहकार्य गरेको बताए ।

महोत्तरीको बर्दिबासमा समाजवादी प्रेस संगठन नेपालद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले निश्चित उद्देश्य प्राप्तिका लागि गरिएको सहकार्यले निरन्तरता पाउने उल्लेख गरे ।

गठबन्धन दलहरुबीचको सम्बन्ध जीवन्त राख्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै मुख्य पहलकदमी हुनपर्ने उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्