२ चैत्र २०८२, सोमबार

सहकारीको रकम अपचलनविरुद्ध राप्रपाले गर्यो विरोध प्रदर्शन

कोलोराडोखबर संवाददाता , May 22nd, 2024

नेपाल । राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार राजधानी काठमाडौं उपत्यकामा सहकारीको रकम अपचलनविरुद्ध बिरोध प्रदर्शन गरेको छ ।

काठमाडौँमा मोटरसाइकल र्‍यालीसहित सहकारी ठगीविरुद्ध विरोध जनाइएको हो ।

संवैधानिक हिन्दु राज्यको स्थापना, संघीयता खारेजी, गणतन्त्र खारेजी गर्नुपर्ने नारा पनि लगाइएको थियो ।

राज्य सत्तामा बस्नेहरूबाट नै सहकारी पीडितको रकम हिनामिना गरेकाले सहकारी पीडितले न्याय पाउनुपर्ने राप्रपाको माग छ ।

प्रतिक्रिया दिनुहोस्