२१ फाल्गुन २०८२, बिहीबार

संसदीय छानबिन समिति गठन गर्ने सहमति, आइतबारको संसद बैठक सहज हुने अनुमान

कोलोराडोखबर संवाददाता , May 19th, 2024

नेपाल । संघीय संसदका दुवै सदनको बैठक आइतबार बस्दैछ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ ।

यसअघि सहकारीको बचत अपचलन प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै कांग्रसले संसदीय छानबिन समिति बनाउनुपर्ने भन्दै संसद् अवरुद्ध गर्दै आएको थियो । शनिबार बसेको शीर्ष नेताहरूको बैठकले समिति बनाउने निर्णय गरेसँगै संसद बैठक सहजरुपले चल्ने अपेक्षा गरिएको छ ।

शनिबार सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सहकारी ठगीका विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको छ ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन र कांग्रेसका नेताहरुबीचको छलफलमा संसदीय समिति गठनका विषयमा समाधान धारणा बनेको हो ।

प्रतिक्रिया दिनुहोस्