२ चैत्र २०८२, सोमबार

गृहमन्त्री लामिछानेको अभिव्यक्तिको प्रधानमन्त्री दाहालले गरे खण्डन

कोलोराडोखबर संवाददाता , May 13th, 2024

नेपाल । प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईलाई अघिल्लो सरकारले भगायो भन्ने अभिव्यक्ति दिएका गृहमन्त्री रवि लामिछानेको आलोचना गरेका छन् ।

आइतबार दिउँसो भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै दाहालले भने, ‘जिबि राईलाई अघिल्लो सरकारले भगायो भन्नु बेतुकको कुरा हो ।’

प्रधानमन्त्री दाहालले भने, ‘कुतर्क कसैले पनि नगरौं । जीबी राईलाई ल्याउनु पर्दछ भन्नेमा सरकार प्रष्ट छ । अघिल्लो सरकारले, प्रधानमन्त्रीले र अघिल्लो गृहमन्त्रीले भगाएको भन्नु बेतुकको तर्क हो ।’

गत शनिबार चितवन पुगेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले भरतपुर विमानस्थलमै पत्रकारहरुसँग कुरा गर्दै जीबी राईलाई अघिल्लो सरकारले भगाएको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्