१८ कार्तिक २०८३, बुधबार

बुढ्यौली साहित्य समाज महोत्तरीको नवौँ शृङ्खला सम्पन्न

कोलोराडोखबर संवाददाता , November 4th, 2026

नेपाल । बुढ्यौली साहित्य समाज महोत्तरीको नवौँ शृङ्खला यस समाजका अध्यक्ष लालबाबु पोखरेलको अध्यक्षता तथा बुढ्यौली साहित्य समाज मधेस प्रदेश समितिका अध्यक्ष लम्बोदर काफ्लेको प्रमुख आतिथ्यमा भएको छ ।

महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११८ ओैँ जन्मजयन्तीको अवसरमा आयोजना गरिएको उक्त शृङ्खला यस समाजका सदस्य नारद काफ्लेले सञ्चालन गरेका थिए भने सचिव सुदर्शन भट्टराईले कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए ।

महाकवि देवकोटाको तस्बिरमा माल्यार्पणबाट सुरु गरिएको कार्यक्रममा शुभकामना मन्तव्य दिने अतिथिहरूमा ओम प्रकाश महतो , बुढ्यौली साहित्य समाज मधेस प्रदेश समिति सचिव तथा प्रगतिशील लेखक सङ्घ नेपाल महोत्तरीका अध्यक्ष रामचन्द्र पौडेल , गौरीशङ्कर मिथिला वाङ्मय प्रतिष्ठानका अध्यक्ष प्रेम घिमिरे , मिथिला साहित्य प्रतिष्ठान धनुषाका अध्यक्ष विपिराज दहाल तथा जनजागृति आवि बर्दिबास (२, प्र अ अम्बिका दहाल थिए ।

उक्त कार्यक्रममा विभिन्न लयका कविता , गीत , गजल प्रस्तुत गरिएका थिए । केही देवकोटाविशेष सिर्जना थिए , केही देवकोटाका कविता र केही अन्य सिर्जना वाचन गरिएका थिए । वाचन गर्नेहरूमा नवल किशोर महतो , भीम राउत , गोपाल सिंह , निसु कुमारी महतो , सोनी कुमारी साह , भजन महतो , रामचन्द्र यादव , विदुषी दहाल , तेजबहादुर कटुवाल , मोहन गिरी , दुर्गा गौतम दहाल , नारायण घिमिरे , सञ्जीव पोखरेल , विपुल विद्रोही , विश्वास अभियान , अग्नि कवचलगायत थिए ।

उक्त कार्यक्रममा मन्तव्यका क्रममा प्रमुख अतिथि लम्बोदर काफ्लेले देवकोटाप्रति स्मरण गर्दै बुढ्यौली साहित्य समाज महोत्तरीले आयोजना गरेको नवौँ शृङ्खला भव्य रुपमा सफल भएकोमा आयोजकप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रमको प्रायोजन जन जागृति मावि कृष्णपुर, बर्दिबासले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्