नेपाल । प्रतिनिधिसभाका सभामुख डीपी अर्याल र कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीबिच संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप ३१ मा नेपालको प्रभावकारी सहभागिता, जलवायु वित्त र जलवायु एजेन्डाको सशक्त प्रस्तुतिबारे छलफल भएको छ।
आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्तल्यामा आयोजना हुने कोप ३१ को तयारीलाई प्रभावकारी बनाउन बुधबार सो छलफल भएको हो ।
भोटेकोशी बाढीका लागि हानि तथा नोक्सानी कोष९एफआरएलडी० बाट २० मिलियन अमेरिकी डलर सहयोग प्राप्त हुने भएको छ। अनुकूलन कोषबाट नेपालका ४५ मिलियन अमेरिकी डलरका तीन परियोजना स्वीकृत भएका छन्।
छलफलमा अन्तर संसदीय संघको १५३औँ महासभामा जलवायुजन्य विपद्सम्बन्धी आकस्मिक प्रस्ताव दुई तिहाइ बहुमतले पारित गराउन सभामुख अर्यालले खेलेको नेतृत्वदायी भूमिकाको प्रशंसा गरिएको थियो ।
यसैगरी, संसदीय सहभागितालाई थप व्यवस्थित, समावेशी र प्रभावकारी बनाउने उद्देश्यले सांसदहरूको सहभागितासम्बन्धी स्पष्ट मापदण्ड निर्धारण गर्ने विषयमा समेत छलफल भएको थियो ।
अन्तल्यामा सञ्चालन हुने नेपाल पेभिलियनमा भोटेकोशी–रसुवा बाढी र नेपाली निकायका कामहरू प्रदर्शन गरिनेछ । नोभेम्बर ९ देखि १९ सम्म जम्मा ४४ साइड इभेन्ट हुनेछन्। यसमध्ये नोभेम्बर ९ मा ुअनुकूलन वित्त मार्फत पर्वतीय उत्थानशीलता सुदृढीकरणु र नोभेम्बर १२ मा उच्चस्तरीय साइड इभेन्टको आयोजना नेपालले गर्दैछ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्