१३ कार्तिक २०८३, शुक्रबार

नेपाल विज्ञान, प्रविधि तथा नवप्रर्तन प्रज्ञा प्रतिष्ठानको अन्तरिम व्यवस्थापन समिति गठन

कोलोराडोखबर संवाददाता , October 30th, 2026

नेपाल । नेपाल विज्ञान, प्रविधि तथा नवप्रर्तन प्रज्ञा प्रतिष्ठानको अन्तरिम व्यवस्थापन समिति गठन भएको छ ।

नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यादेश, २०८३ को दफा ५३ (संक्रमणकालीन व्यवस्था) बमोजिम प्राज्ञ सभाको गठन तथा अध्यक्ष र उपाध्यक्षको नियुक्ति नभएसम्मका लागि नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठानको काम कारवाही सञ्चालन गर्न बढीमा तीन महिनाका लागि डा। जनार्दन लामिछानेको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिका सदस्यमा डा. गोपाल बहादुर केसी, डा. सुनिल कुमार सिंह, डा. बबिता पौडेल, डा. रेश्मा श्रेष्ठ रहनुभएको छ ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले समितिमा मनोनित पदाधिकारीलाई मनोनयन पत्र उपलब्ध गराउनुहुँदै अध्यादेशको मर्म बमोजिम परिषद्को पुनर्संरचनाका लागि आवश्यक नियमावली तथा विनियमावली मस्यौदा गर्ने, प्राज्ञ सभाको गठन प्रक्रिया अगाडि बढाउने, प्रतिष्ठानको अध्यक्षको निर्वाचन तथा उपाध्यक्षको मनोनयन प्रक्रिया अगाडि बढाउने लगायतका कार्य तत्काल अगाडि बढाउन निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्