२८ आश्विन २०८३, बुधबार

सर्जक वसन्त खनालको आख्यानकृति ‘वेध’ लोकार्पण

कोलोराडोखबर संवाददाता , October 14th, 2026

नेपाल । सर्जक वसन्त खनालले लेखेको निर्बन्ध–आख्यानकृति ‘वेध’ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ । यो उनको पहिलो कृति हो ।

स्याङ्जाको वालिङमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्राडा कुसुमाकर न्यौपाने लगायतले कृति सार्वजनिक गरे ।

यस कृतिमा २६ वटा समसामयिक निर्बन्ध–आख्यान रहेको जनाइएको छ । खनालको कृति ‘वेध’ साकिरा प्रतिष्ठानले प्रकाशित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्