२३ आश्विन २०८३, शुक्रबार

यसपटक कुनै प्यानल छैन, अफवाहमा नलाग्नुहोलाः सभापति गगन थापा

कोलोराडोखबर संवाददाता , October 9th, 2026

नेपाल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि मतदान पक्रिया सुरु भएको छ।

कांग्रेसका सभापति गगन थापाले यस लोकतान्त्रिक अभ्यासमा सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई मर्यादित, संयमित र उत्साहपूर्ण ढंगले सहभागी हुन आग्रह गरेका छन्। यस क्रममा उनले विभिन्न उम्मेदवारहरूको सूचीलाई मेरो नामसँग जोडेर प्रचारप्रसार भइरहेको कुरा सुन्न र देख्न आएको बताएका छन्।

उनले भनेका छन्, ‘यस सन्दर्भमा स्पष्ट हुन आग्रह गर्दछु। यो पार्टीभित्रको स्वस्थ आन्तरिक लोकतान्त्रिक प्रक्रिया हो। यसपटक कुनै पनि प्यानल वा गुट छैन। मेरो नाम जोडेर आएको लिष्ट भनी प्रचार गरिएका कुनै पनि उम्मेदवारहरूको सूचीलाई मेरो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझिदिनुहुन होला। कुनै पनि अफवाहमा नलाग्नुहोला।’

उनले अगाडि भनेका छन्, ‘सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरूलाई कुनै पनि भ्रम वा प्रभावमा नपरी पार्टीको सर्वोपरि हितलाई ध्यान दिई आफ्नो स्वतन्त्र विवेक, मूल्याङ्कन र विश्वासका आधारमा मतदान गर्न म आग्रह गर्दछु।परि हितलाई ध्यान दिई आफ्नो स्वतन्त्र विवेक, मूल्याङ्कन र विश्वासका आधारमा मतदान गर्न म आग्रह गर्दछु।’

प्रतिक्रिया दिनुहोस्