नेपाल । कवि प्रज्वल अधिकारीको कविता सङ्ग्रह ‘अस्तित्वको ब्रह्माण्ड’ शनिबार लोकार्पण गरिएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रममा गीतकार एवम् कवि दिनेश अधिकारी, कवि एवम् गीतकार श्रवण मुकारुङ र प्रतिसरा सायमी, कविका काका मुक्तिनाथ अधिकारी, हजुरबुवा माधव सुवेदी र कवि अधिकारीले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभयो ।
कृति लोकार्पणपछि सङ्ग्रहमाथि टिप्पणी गर्दै कवि मुकारुङले साहित्य सिर्जनामा ध्यान र चिन्तनको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
त्यस्तै, गीतकार एवम् कवि दिनेश अधिकारीले कवि प्रज्वल अधिकारीको सिर्जनात्मक क्षमताको प्रशंसा गर्नुभयो । उहाँले प्रज्वललाई पहिलोपटक कविता वाचन गरेको सुनेदेखि नै आफू प्रभावित भएको स्मरण गर्दै साहित्यिक यात्राको निरन्तरताका लागि शुभकामना व्यक्त गर्नुभयो ।
‘अस्तित्वको ब्रह्माण्ड’ कविता सङ्ग्रहमा भाव समेटिएका ७१ वटा कविता समावेश छन् । सङ्ग्रहले अनुभूति र मानवीय चिन्तनका विविध आयामलाई कवितामार्फत अभिव्यक्त गरेको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्