नेपाल । सोमबार काठमाडौँको त्रिपुरेश्वरमा बसमा भएको आगलागीमा घाइते भएका चालकको आज बिहान मृत्यु भएको छ । उनको कीर्तिपुर अस्पताल (बर्न अस्पताल) मा उपचारका क्रममा मृत्यु भएको हो ।
उपचारका क्रममा चालकको निधन भएको हो । उनका अनुसार मृतकको नाम र ठेगाना भने खुल्न बाँकी छ । ट्राफिक प्रहरीसँग विवाद भएपछि चालक आफैंले गाडीमा आगो लगाएका थिए ।
सोमबार ऋद्धिसिद्धि यातायातको बसमा आगलागी हुँदा चालक घाइते भएका थिए र उनको शरीको भाग धेरै नै जलेको थियो । आगलागी भएको बस नम्बर बा५ख ४२७४ हो ।
सुरक्षाकर्मी र स्थानीयले घाइतेलाई गाडीबाट निकालेर कीर्तिपुर अस्पताल पुर्याएका थिए।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्