काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किनुभएको छ।
भारत सरकारको निमन्त्रणामा बिहीबार छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ तीनदिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो।
भारतका प्रभावशाली मन्त्रीस्तरीय दुई भेटवार्ता, एक कूटनीतिक, एक सामाजिक, एक आर्थिक–व्यावसायिक र एक प्राज्ञिक मञ्चमा प्रमुख अतिथिका रूपमा सहभागी भएर अर्थमन्त्री वाग्ले आज स्वदेश फर्कनुभएको हो।
भ्रमणका क्रममा रसुवामा गएको भोटेकोशी बाढीपछिको उद्धार र राहतमा भारत सरकारले पुर्याएको सहयोगप्रति सरकारका तर्फबाट भारत सरकारलाई धन्यवाद ज्ञापन गरिएको अर्थमन्त्री डा। वाग्लेले बताउनुभयो।
साथै, बाढीपछिको पुनर्निर्माणमा भारतसँग थप सहयोग र सहकार्यको प्रस्ताव गरिएको र दुई देशबीचको राजनीतिक, आर्थिक तथा कूटनीतिक सहकार्यलाई नयाँ ढङ्गबाट अघि बढाउने विषयमा पनि भेटघाट फलदायी भएको उहाँको भनाइ छ।
बिहीबार उहाँले भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्नुभएको थियो। भेटमा नेपाल(भारत आर्थिक सहकार्यका आयामहरूप्रति मन्थन भएको थियो।
शुक्रबार उहाँ पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्नुभएको उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्