नेपाल । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा बिहीबारदेखि दुईतर्फी सवारी साधन चल्न थालेका छन्। भोटेकोशी नदीमा आएको बाढीका कारण सडक भासिएपछि नयाँ ट्र्याक बनाएर बिहीबारदेखि गाडी चल्न लागेका हुन्।
सडकमा गएरातिदेखि नै गाडी आवतजावत शुरू भएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। बिहान पूर्णरूपमा सडक सञ्चालनमा आएको कार्यालयले जनाएको छ।
पृथ्वी राजमार्गका विभिन्न ठाउँमा अझै पनि सडक भासिने, पहिरो जाने तथा ढुंगा–माटो खस्ने जोखिम कायम रहेकाले सावधानी अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।
१४ भदौमा त्रिशूली नदीमा आएको बाढीका कारण भित्ता कटान हुँदा कृष्णभीरमा पहिरो गएको थियो। पहिरो गएकै स्थानभन्दा माथि नयाँ ट्र्याक खोलेर ग्राभेल गरिएपछि सवारीसाधन दुईतर्फी चल्ने अवस्था बनेको सडक विभागले जनाएको छ।
नयाँ सडकमा परीक्षणका रूपमा ग्यास बुलेट, पहिरोले रोकिएका ट्रकहरू आइतबारदेखि चलेका थिए। बिहीबारदेखि सबै खाले गाडी चल्न थालेका हुन्।
१० र १४ भदौको बाढीपछि कृष्णभीरमा पहिरो खस्दा काठमाडौंको ‘लाइफलाइन’ नै विच्छेद भएको थियो।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्