२१ भाद्र २०८३, आईतवार

चीनको केरुङ क्षेत्रस्थित इमिग्रेसन तथा भन्सार भवनबाट ३१ शव फेला

कोलोराडोखबर संवाददाता , September 6th, 2026

नेपाल । नेपाल–चीन सीमामा आएको बाढीका कारण चीनको केरुङ क्षेत्रस्थित इमिग्रेसन तथा भन्सार भवनबाट ३१ शव फेला परेको छ ।

चिनियाँ अधिकारीहरुका अनुसार अझै ५३१ जना बेपत्ता रहेको जनाएको छन् । बेपत्ता हुनेमा विदेशी नागरिक तथा तीर्थयात्रीसमेत रहेका छन्।

यसैबिच, भारतीय विदेश मन्त्रालयले शुक्रबार नेपालबाट १६९ जना भारतीय नागरिकको उद्धार गरिएको जनाएको छ। बाढीमा परी भारतका २७५ जना हालसम्म बेपत्ता रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्