१८ भाद्र २०८३, बिहीबार

संकट व्यवस्थापनमा सरकारले प्रभावकारी नेतृत्व लिन सकेनः सांसद महर

कोलोराडोखबर संवाददाता , September 3rd, 2026

नेपाल । नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले बाढीपहिरोपछिको संकट व्यवस्थापनमा सरकारले प्रभावकारी नेतृत्व लिन नसकेको टिप्पणी गरेका छन्।

बुधवार संघीय संसद भवनबाहिर महरले सरकारले राष्ट्रिय संकटको घडीमा सबै पक्षलाई समेटेर अगाडि बढ्नुको साटो अहंकार र दम्भ देखाएको आरोप लगाए ।

प्रमुख सचेतक महरले राजनीतिभन्दा मानवता माथि हुने उल्लेख गर्दै एमाले संकटको सामना गर्न राष्ट्रिय एकता कायम गर्ने पक्षमा सधैँ प्रतिबद्ध रहेको स्पष्ट पारे।

महरले उद्धार, राहत र बेपत्ताहरूको खोजी कार्यमा सरकारको सुस्तताप्रति आपत्ति जनाए।

उनले राजनीतिक दल, नागरिक समाज र तीनै तहका सरकारको सहयोग लिनमा प्रधानमन्त्री चुकेको बताए।

प्रतिक्रिया दिनुहोस्