१६ भाद्र २०८३, मंगलवार

कोलोराडोमा श्रद्धाञ्जली अर्पणसहित दीप प्रज्ज्वलन कार्यक्रम गरिंदै

कोलोराडोखबर संवाददाता , September 1st, 2026

कोलोराडो । गैरआवासीय नेपाली संघ (एनआरएनए), कोलोराडो च्याप्टरको अनुरोधमा नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्मा ज्यान गुमाउनु भएका सम्पूर्ण दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पणसहित दीप प्रज्ज्वलन कार्यक्रम गरिंदैछ ।

उक्त कार्यक्रम नेपाली घरमा सेप्टेम्बर १ तारिकमा साँझ ६ बजे हुने जनाइएको छ ।

गैरआवासीय नेपाली संघ (NRNA), कोलोराडो च्याप्टरको अनुरोधमा सम्पूर्ण नेपाली समुदाय, संघसंस्था तथा शुभेच्छुक महानुभावहरूलाई दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गर्दछौँ।
नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्मा ज्यान गुमाउनु भएका सम्पूर्ण दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, बेपत्ता व्यक्तिहरूको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।
यस दुःखद् घडीमा शोकसन्तप्त परिवारजन तथा सम्पूर्ण प्रभावित समुदायप्रति हार्दिक समवेदना व्यक्त गर्दै, नेपालमा शान्ति, सुरक्षा तथा समृद्धिको कामनासहित दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ।
मिति / Date: September 1, 2026, Tuesday
समय / Time: 6:00 PM
स्थान / Venue: Nepali Ghar
4001 W 76th Ave, Westminster, CO 80030
नोट: कार्यक्रममा मैनबत्तीको व्यवस्था हामीले गरेका छौँ। आफैँ मैनबत्ती ल्याउन चाहनुहुन्छ भने कृपया Tealight Candles मात्र ल्याइदिनुहुन अनुरोध गर्दछौँ।
यसैबीच ग्लोबल भुटानीज कम्युनिटी कोलोराडो (GBCC) को आयोजनामा नेपालका बाढी पीडितहरूको स्मरणमा एक विशेष ‘सामुदायिक दीपप्रज्वलन तथा प्रार्थना सभा’ गरिंदैछ ।
कार्यक्रमको विवरण:-
मिति: मंगलबार, सेप्टेम्बर १, २०२६
समय: साँझ ६ बजे देखि ७ बजेसम्म
स्थान: लिस्बन पार्क (Lisbon Park),
20743 E 40th Ave, Denver, CO 80249

प्रतिक्रिया दिनुहोस्