-नातिबाबु भट्ट (कोलोराडो, अमेरीका) । नेपाली समुदायमा सम्पत्ति संरक्षण, पारिवारिक सुरक्षा तथा भावी पुस्तामा सम्पत्तिको व्यवस्थित हस्तान्तरणबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाली घरको आयोजनामा Estate Planning Workshop सफलतापूर्वक सम्पन्न भएको छ।
करिब ५० जनाको सहभागितामा Trust, Will, Power of Attorney, Guardianship र सम्पत्ति हस्तान्तरणबारे विशेषज्ञद्वारा कोलोराडोको नेपाली समुदायलाइ पहिलोपटक जानकारी गराइएको हो ।
कार्यक्रममा सहभागीहरूले Trust, Will, Power of Attorney, Guardianship Documents, HIPAA Documents लगायत Estate Planning सँग सम्बन्धित विभिन्न कानुनी तथा वित्तीय विषयमा जानकारी प्राप्त गरेका थिए।
कार्यक्रमको सुरुवात नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा ज्यान गुमाएका नागरिकहरूको सम्झनामा एक मिनेट मौनधारण गरेर गरिएको थियो। सहभागीहरूले विपत्तिमा ज्यान गुमाएका सम्पूर्ण व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाएका थिए।
वित्तीय योजनाका चार आधारभूत पक्ष
कार्यक्रममा Shreeram P. Luitel ( Registered Representative of Transamerica Financial Advisors) ले वित्तीय योजनाका चारमहत्वपूर्ण पक्ष Create, Grow, Protect and Transfer बारे प्रारम्भिक प्रस्तुति दिएका थिए।
Luitel ले सम्पत्ति कामउनु मात्र पर्याप्त नभई कमाएको सम्पत्तिको संरक्षण तथा आफूले चाहेको व्यक्ति वा भावी पुस्तामा व्यवस्थित हस्तान्तरण गर्ने योजना पनि वित्तीय व्यवस्थापनको महत्वपूर्ण हिस्सा भएको बताए।
उनले आफू FINRA-licensed representative का रूपमा वित्तीय शिक्षा तथा उपलब्ध वित्तीय समाधानबारे समुदायका सदस्यहरूलाई जानकारी प्रदान गर्दै आएको उल्लेख गरे।
उनका अनुसार:
Create — आम्दानी र सम्पत्ति निर्माण गर्ने।
Grow — निर्माण भएको सम्पत्तिलाई दीर्घकालीन रूपमा वृद्धि गर्ने ।
Protect — परिवार र सम्पत्तिलाई सम्भावित जोखिमबाट संरक्षण गर्ने ।
Transfer — आफूले चाहेको तरिकाले सम्पत्ति भावी पुस्ता वालालाई हस्तान्तरण गर्ने।
“वित्तीय योजना पैसा कमाउने वा लगानी गर्ने विषयमा मात्र सीमित हुँदैन।हामीले निर्माण गरेको सम्पत्तिको संरक्षण र उचित हस्तान्तरण पनि उत्तिकै महत्वपूर्ण हुन्छ,” Luitel ले बताए।
कार्यक्रमको मुख्य विषय Protect and Transfer भएकाले उनले Estate Planning को कानुनी पक्षबारे जानकारी दिन Senior Attorney SimrikSah लाई मुख्य वक्ताका रूपमा परिचय गराएका थिए।
Trust र Will बीचको फरकदेखि Guardianship सम्म
Senior Attorney Simrik Sah ले Estate Planning का विभिन्न पक्षलाई सरल र व्यवहारिक उदाहरण तथा community-based case studies मार्फत प्रस्तुत गरेकी थिइन्।
कार्यशालामा विशेषगरी निम्न विषयमा छलफल गरिएको थियो:
Trust र Will बीचको मुख्य फरक
Trust किन र कहिले आवश्यक पर्न सक्छ?
Power of Attorney के हो र यसको महत्व के हो?
Guardianship Documents किन आवश्यक हुन सक्छ?
HIPAA Documents को भूमिका
Trust को control र management कसरी व्यवस्थित गर्ने?
Minor children का लागि Estate Planning
Special-needs children का लागि आवश्यक planning
आफू निर्णय गर्न नसक्ने अवस्थामा कानुनी अधिकार कसरी व्यवस्थापन गर्ने?
आफ्नो मृत्यु वा अनुपस्थितिपछि सम्पत्ति कसरी व्यवस्थापन गर्ने?
परिवारका सदस्यबीच भविष्यमा हुन सक्ने विवादलाई कसरी कम गर्ने?
भावी पुस्तामा सम्पत्ति व्यवस्थित रूपमा कसरी हस्तान्तरण गर्ने?
Sah ले Estate Planning केवल धेरै सम्पत्ति भएका व्यक्तिका लागि मात्रआवश्यक विषय नभएको बताउँदै प्रत्येक परिवारले आफ्नो पारिवारिक अवस्था, सन्तान र सम्पत्तिको प्रकृति अनुसार उचित योजना बनाउनु पर्नेमा जोड दिइन्।
उनले कार्यक्रम शैक्षिक उद्देश्यका लागि मात्र आयोजना गरिएको स्पष्ट पार्दै सहभागीहरूलाई आफूले चाहेको कुनै पनि attorney सँग परामर्श गर्ने पूर्णअधिकार रहेको बताइन्।
प्रश्नोत्तरमा सहभागीको सक्रिय सहभागिता
कार्यक्रमको प्रश्नोत्तर सत्रमा सहभागीहरूले विभिन्न पारिवारिक तथा सम्पत्ति सम्बन्धी महत्वपूर्ण प्रश्नहरू राखेका थिए। Attorney Sah ले सहभागीहरूका प्रश्नलाई case study तथा व्यवहारिक उदाहरण मार्फत स्पष्ट पारेकी थिइन्।
विशेषगरी नाबालक सन्तान, special-needs भएका परिवारका सदस्य, Trust को control, guardianship तथा आफू उपस्थित नभएको अवस्थामा सम्पत्ति व्यवस्थापन गर्ने विषयमा सहभागीहरूको विशेष चासो देखिएको थियो।
सहभागीका लागि दुई घण्टाको निःशुल्क consultation कार्यक्रममा Attorney Simrik Sah ले सहभागीहरूका लागि विशेष रूपमा दुई घण्टासम्मको consultation निःशुल्क उपलब्ध गराउने घोषणा गरेकी थिइन्।
यसका लागि:
Appointment भन्दा कम्तीमा दुई दिनअघि आवश्यक asset information उपलब्ध गराउनुपर्ने।
आवश्यक जानकारी उपलब्ध नगराएमा appointment स्वतः cancel हुन सक्ने।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्