१३ भाद्र २०८३, शनिबार

मातृभूमिमा आई परेको विपत्तिमा सबै एकजुट भइ सक्दो सहयोग गरौं: महामन्त्री घिमिरे

कोलोराडोखबर संवाददाता , August 29th, 2026

-नातिबाबु भट्ट (कोलोराडो, अमेरीका) । नेपाली काँग्रेसका महामन्त्री गरुराज घिमीरेले मातृभूमिमा अकस्मात आईपरेको ठुलो विपत्तिको घाउमा मलम लगाउन सबैलाई यथासक्य सहयोगको लागी अनुरोध गरेका छन् ।

नेपाली जनसम्पर्क समिति अमेरिका, कोलोराडो च्याप्टरको आयोजनामा बुधबार, अगस्ट २६, मा कोलोराडोको ब्रोमफिल्डस्थित भाइब्स इन्डियन रेस्टुरेन्टमा आयोजित ‘समसामयिक संवाद कार्यक्रम’ मा उनले यस्तो अनुरोध गरेका हुन् ।

कार्यक्रममा कोलोराडोस्थित नेपाली समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधि तथा नेपाली कांग्रेसका शुभेच्छुकहरूको सहभागिता रहेको थियो ⁠।

कार्यक्रमको सुरुआत बाढी, पहिरो कारण ज्यान गुमाएका महानुभावहरूको सम्झनामा एक मिनेट मौनधारण गर्दै गरिएको थियो। मातृभूमिमा उत्पन्न दुःखद् परिस्थितिप्रति सहभागीहरूबाट गहिरो दुःख व्यक्त गर्दै शोक सन्तव्द परिवारप्रति हार्दिक समवेदना, घाइतेहरूको सिघ्र स्वास्थ्यलाभ तथा हराइ रहेकाहरु चाडै संम्पर्कमा आउन भन्ने कामना गरिएको थियो ।

त्यसैगरी कार्यक्रममा नेपालमा विकसित पछिल्लो राजनीतिक तथा सामाजिक परिस्थिति, देशमा देखिएका चुनौती, सुशासन, लोकतन्त्र, जनताको अपेक्षा तथा प्रवासमा रहेका नेपालीहरूले मातृभूमिका लागि खेल्न सक्ने भूमिकाबारे समसामयिक संवाद गरिएको थियो।

कार्यक्रममा सहभागीहरूले देश संकटमा रहेका बेला राजनीतिक दल तथा नेतृत्वले जनताको भावना र अपेक्षालाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए। प्रवासमा रहेका नेपालीहरू पनि मातृभूमिको सुख–दुःखसँग जोडिएको उल्लेख गर्दै नेपालमा विपद् तथा संकटको समयमा सक्दो सहयोग र सहकार्यमा आफुहरू सधै तयार रहेको बताएका थिए ।

संवादमा सहभागीहरूले घिमिरे समक्ष प्रवासबाट पठाएको सहयोग समयमै पिडीत सम्म नपुगेको, पिडीत सम्म सहयोग पुर्याउन एकद्वार प्रणालीमा सिमीत राख्न नहुने , राष्ट्रले प्रवासी नेपालीहरूको शिप र लगानी भित्र्याउने वातावरण श्रृजना नगरेको, दोहोरो नागरीकताको कुरा कागजमात्र सिमीत गरेको जस्ता गुनासाहरू गरेका थिए ।

सहभागीहरूको गुनासोलाइ संम्बोधन गर्दै महामन्त्री घिमिरेले यस्तो बिपत्तीको समयमा तुरून्त पिडीत सम्म पुग्न हाम्रा निती नियमहरूलाइ सुधार गर्नुपर्ने अवस्था रहेको, एकद्वार प्रणाली भनेर पिडीत सम्म पुग्नेबाटो बन्दगर्न नहुने, प्रवासको शिप र लगानी भत्र्याउने वाताबरण नबने सम्म देश सम्पन्न नहुने, विश्व ग्लोवलाइजेसन भइ सकेको बर्तमान अवस्थामा आफ्नै देशमा जन्मेर बध्यता परिस्थीतीले बिदेसीएका दाजुभाइ दिदीबहिनीहरूलाइ नागरिकताको बिवाधमा अल्झाउन नहुने जस्ता बिचार राखेका थिए ।

सधै देशलाइ दुखेको बेला, राजनिती, धर्म जातजाती भन्दा माथी उठेर एकजुट भइ हातेमालो गर्ने हाम्रो परंपरा रहेको भन्दै यस बिपत्तीमा सक्दो सहयोग गर्न सबैलाइ अनुरोध गरे ।

कार्यक्रमको सञ्चालन नेपाली जनसम्पर्क समिति अमेरिका, कोलोराडो च्याप्टरका शंकर गुरूङले गरेका थिए भने, अध्यक्ष गणेश भण्डारीले उपस्थित अतिथि तथा सहभागीहरूलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए।

संवादमा नेपाली कांग्रेस महासमिती सदस्य प्रविन ओझा, नेपाली जनसम्पर्क समिति अमेरिका यूवा सहमहामन्त्री सुमन केशी, केन्दिय सदस्य नवराज न्यौपाने, निवर्तमान उपाध्यक्ष धर्मराज श्रेष्ठ, सहित बिभिन्न संघसंस्थाका पदाधिकारी, नेता तथा जनसम्पर्क समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

समग्रमा, कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूबीच मातृभूमिको वर्तमान अवस्था, लोकतान्त्रिक मूल्य–मान्यता र देशप्रतिको जिम्मेवारीबारे संवाद गर्ने महत्वपूर्ण अवशर प्रदान गर्नुभएकोमा घिमीरेलाइ धन्यवाद दिएका थिए ।

महामन्त्री घिमीरे नेपाली जनसम्पर्क समिति अमेरिकाको तेश्रो अधिवेशन सम्पन्न् गराउन अमेरीका आएका थिए । अधिवेशन सकेर अहिले साथीभाइ भेटघाटमा कार्यक्रममा कोलोराडो आइपुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्