११ भाद्र २०८३, बिहीबार

बाढीको असरः डेढ दर्जन बैंक तथा वित्तीय संस्थामा क्षति

कोलोराडोखबर संवाददाता , August 27th, 2026

नेपाल । बाढीका कारण तीन जिल्लाका डेढ दर्जन बैङ्क तथा वित्तीय संस्था प्रभावित भएका छन् । बुुधबार रसुुवामा गएको बाढीका कारण रसुुवा, धादिङ र नुुवाकोटमा रहेका १८ वटा बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय प्रभावित भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुुरुप्रसाद पौडेलले बाढीका कारण १८ वटा बैङ्क तथा वित्तीय संस्थाका शाखा कार्यालयमा क्षति पुुगेको जानकारी दिनुुभयो । वाणिज्य बैङ्कका नौ शाखा, विकास बैङ्कका आठ शाखा र वित्त कम्पनीका एउटा शाखा प्रभावित भएको उहाँले जानकारी दिनुुभयो ।

बैङ्क तथा वित्तीय संस्थामा कार्यरत केही कर्मचारी सम्पर्कमा आएको र अझै २४२५ जना कर्मचारी सम्पर्कविहीन भएको उहाँले जानकारी दिनुुभयो । क्षतिको पूर्ण विवरण आउन बाँकी रहेकाले बैङ्कमा रहेको रकम कति क्षति भयो भन्ने अझै यकिन नभएको उहाँले जानकारी दिनुुभयो ।

ती क्षेत्रमा बैङ्क तथा वित्तीय संस्थाको उपस्थित धेरै रहेको छ । बाढीबाट प्रभावित कर्मचारीलाई उद्धारका पहल भइरहेको राष्ट्र बैङ्कले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्