२३ श्रावण २०८३, शनिबार

रास्वपाकै सांसदहरुले आलोचना गर्न थालेपछि मध्यरातमा प्रधानमन्त्री बालेनको भावुक स्टाटस

कोलोराडोखबर संवाददाता , August 8th, 2026

नेपाल । रास्वपाका सांसदले संसद्मै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले शुक्रबार राति भावुक अभिव्यक्ति दिएका छन् ।

शुक्रबार राति ११ बजेर ६ मिनेटमा सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले सही समय आउन केही समय लाग्ने भन्दै आम नागरिकलाई नआत्तिन आग्रह गरेका छन् ।

उनले आफूले सुनेको र देखेकोभन्दा वास्तविकता फरक हुन सक्ने उल्लेख गर्दै अहिलेको परिस्थितिमा धैर्य गर्न आग्रह गरेका छन् ।

‘केही समय लाग्छ, सही समय आउनलाई । ढिला होला, तर गलत हुँदैन । नआत्तिनुहोस् । सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ,’ उनले लेखेका छन् ।

प्रधानमन्त्री शाहले आफूले कहिलेकाहीँ एक्लै लड्नुपर्ने अवस्था आउन सक्ने संकेतसमेत गरेका छन् । ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलोचोटि होइन,’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्