१९ श्रावण २०८३, मंगलवार

परराष्ट्र मन्त्रालय सह-सचिव पुष्पराज भट्टराई पक्राउ

कोलोराडोखबर संवाददाता , August 4th, 2026

नेपाल । परराष्ट्र मन्त्रालय, श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखा, सिंहदरबार काठमाडौँमा सह–सचिव पदमा कार्यरत ५६ वर्षीय पुष्पराज भट्टराई पक्राउ परेका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराका अनुसार राहदानी ऐन अन्तर्गतको कसुरमा भट्टराई पक्राउ परेका हुन् ।

काठमाडौँस्थित जर्मन राजदूतावासमा जर्मनी जाने भिषा प्रयोजनको लागि यात्रा अनुमति पत्रसाथ उपस्थित भएका व्यक्तिहरुको राष्ट्रियता उपर शङ्का लागी सोधपुछ पश्चात् जर्मन राजदूतावासको मिति २०६८ जेठ २० गतेको पत्रसाथ यात्रा अनुमति पत्र सक्कल थान–५ अनुसन्धान एवम् कारवाहीका लागि राहदानी अन्तर्गतको कसुरमा अनुसन्धानको क्रममा उक्त यात्रा अनुमति पत्र जारी गर्ने खोटाङ, रावाबेसी गाउँपालिका वडा नंं ३ घर भइ हाल काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ बस्ने भट्टराई उक्त कार्यमा सङ्लग्न रहेको पाइएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।

तत्कालीन समयमा परराष्ट्र मन्त्रालय, कन्सुलर शाखामा शाखा अधिकृत पदमा कार्यरत भट्टराईमाथि उक्त कसुरको अनुसन्धान पश्चात् जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँबाट मिति २०८३ साउन ११ गते काठमाडौँ जिल्ला अदालतबाट अभियोग पत्र दायर भइ उल्लेखित कसुरमा प्रतिवादी कायम गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्