नेपाल । विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ)को निधन भएको छ। पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएका पुर्जाको मृत्यु भएको पुष्टि भएको हो।
गत बिहीबारदेखि हराइरहेका पुर्जाको निधन भएको उनी संस्थापक रहेको संस्था एलिट एक्सपेडले पुष्टि गरेको छ।
संस्थाका अनुसार उक्त दुर्घटनामा पुर्जाका भरपर्दा आरोहण साझेदार तथा गाइड पुरबहादुर गुरुङ (युक्ता) र निमा शेर्पाको पनि मृत्यु भएको छ । साथै, टोलीका अन्य केही सदस्यले पनि दुर्घटनामा ज्यान गुमाएका छन् ।
उनीहरुको निधन पछि पर्वतारोहण क्षेत्र शोकाकूल छ ।


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्