-नातिबाबु भट्ट (कोलोराडो) । ब्लड डोनर्स अफ अमेरिका (BDA) कोलोराडोले यस वर्षको चौथो रक्तदान कार्यक्रम आगामी अगस्ट ३०, आइतबार आयोजना गर्ने भएको छ।
ब्लड डोनर्स अफ अमेरिका (BDA) कोलोराडो च्याप्टरको आयोजना तथा नेपाली घर (Nepali Ghar) र कोलोराडो फाइनान्सियल प्रोफेशनल्स (Colorado Financial Professionals) सँगको संयुक्त सहकार्यमा, Vitalant को प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन हुनेछ ।
नेपाली संस्कृतिक केन्द्र नेपाली घर (4001 W 76th Ave, Westminster, CO 80030) मा आगामी अगस्ट ३० तारिक आइतवारका दिन बिहान ९ बजे देखि दिउँसो १२ बजेसम्म सञ्चालन हुने र ब्लड ड्राइभ कोड: BDACO रहेको बताइएको छ ।
कार्यक्रमलाई सफल बनाउन कोलोराडो फाइनान्सियल प्रोफेशनल्सका तर्फबाट श्रीराम लुइटेल मार्फत समन्वय भइरहेको बीडीए कोलोराडोका अध्यक्ष नवराज मरासेनीले बताएका छन् । यस अभियानलाइ सफलताका साथ सम्पन्न पार्न कोलोराडो फाइनान्सियल प्रोफेशनल्सका सदस्यहरू विष्णु गैरे, दिनेश कार्की, थिरेन्द्र महरा, सरिता तिमल्सिना र शरद श्रेष्ठ सकृय रूपमा लागेको मरासेनीले बताएका छन् । उनले कार्यक्रम बारे बिस्तृत जानाकारी चहिएमा उल्लेखित व्यक्तिहरूलाइ सम्पर्क गर्न अनुरोध गर्दै सम्पर्क नम्वर उपलब्ध गराएका छन् । (Shreeram Luitel: 720-934-5150, Bishnu Gaire: (720) 696-4325, Dinesh Karki: (303) 332-6178, Thirendra Mahara: (720) 813-6541,Sarita Timalsina: (303) 246-2854
Sarad Shrestha: (720) 250-7282 )
यसअघि बीडीए कोलोराडोले नेपाली घर सँगको सहकार्यमा २ पटक तथा INLS Colorado सँगको सहकार्यमा १ पटक रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको छ। साथै, रक्तदान अभियानप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जुन १४ मा जुममार्फत विशेष रक्तदान सचेतना कार्यक्रम (Zoom Talk) समेत आयोजना गरेको थियो।
यस पटकको रक्तदान कार्यक्रममा आयोजक तथा सह आयोजक संस्थाका सम्पूर्ण पदाधिकारी, सदस्य तथा समुदायका व्यक्तिहरूको सक्रिय सहभागिता रहने अपेक्षा गरिएको छ । आयोजकका अनुसार नेपाली समुदायको सहकार्य र ऐक्यबद्धताले कार्यक्रमलाई अझ प्रभावकारी बनाउने विश्वास लिइएको छ ।
बीडीए कोलोराडोका अध्यक्ष नवराज मरासेनीले सम्पूर्ण नेपाली समुदायलाई रक्तदान जस्तो महान मानवीय अभियानमा सहभागी भई जीवन बचाउने कार्यमा योगदान दिन हार्दिक अनुरोध गरेका छन् । उनले, “रक्तदान जीवनदान हो भन्दै, हाम्रो सानो सहयोगले कसैको जीवन बचाउन सक्छ। त्यसैले सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई समय मिलाएर यस पुण्य कार्यमा सहभागी हुन हार्दिक आग्रह गरेका छन् ।
रक्तदान जस्तो मानवीय सेवामा सबैको साथ, सहयोग र सहभागिताले नेपाली समुदायको सामाजिक उत्तरदायित्वलाई अझ सशक्त बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्