१३ श्रावण २०८३, बुधबार

पलेँटीमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र यमन श्रेष्ठको संयुक्त प्रस्तुति हेर्न पाइने

कोलोराडोखबर संवाददाता , July 29th, 2026

नेपाल । पलेँटीमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र यमन श्रेष्ठको संयुक्त प्रस्तुति हेर्न पाइने भएको छ । १८ वर्षपहिले आफ्नो प्रस्तुति दिएका श्रेष्ठले यस पटक छोरा यमनका साथ प्रस्तुति दिनुहुने भएको छ ।

नेपालयले आयोजना गर्ने पलेँटीमा श्रेष्ठले आफ्ना कालजयी तथा नयाँ गीत प्रस्तुत गर्नु हुने छ । उहाँले गाउनुभएको ‘अरबौँ मान्छेहरूमा…’, ‘खोलावारि खोलापारि…’, ‘फूलबुट्टे सारी…’, ‘सयथरी बाजा…’, ‘बिर्सिदे भन्छौ मायालु…’, ‘पहाड भो मलाई…’ लगायतका गीत प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।

यसपालिको थप आकर्षण गायक यमन श्रेष्ठको रहने छ । उहाँ आफ्ना अभिभावक मदनकृष्णकै पथप्रदर्शनमा अघि बढिरहेका कलाकार हुनुहुन्छ । यमन हास्यव्यङ्ग्यात्मक अभिनयका साथै गायन र सङ्गीतमा पनि लागिपरेका कलाकार हुनुहुन्छ । पलेँटी कार्यक्रम यही जुलाई ३१ तारिख शुक्रबार र अगस्त १ तारिख शनिबारका दिन आयोजना हुने छ ।

प्रतिक्रिया दिनुहोस्