११ श्रावण २०८३, सोमबार

नागढुङ्गा सुरुङमार्गबाट चल्न थाले गाडी

कोलोराडोखबर संवाददाता , July 27th, 2026

नेपाल । सुरुङमार्गमा गाडी चलाउने नेपालीको सपना नागढुङ्गा सुरुङमार्गमार्फत पूरा हुँदै छ ।

मुलुकको भौतिक पूर्वाधारको इतिहासमा ‘सुरुङ युगको प्रस्थानविन्दु’ का रूपमा लिइएको बहुप्रतीक्षित यो सुरुङमार्ग निर्माण सुरु भएको ८० महिनापछि सोमबारदेखि सञ्चालनमा आएको हो ।

जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का केन्द्रीय अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा पूर्वाधार विकासमन्त्री सुनील लम्सालले सुरुङमार्गको उद्घाटन गरेका हुन् ।

सुरुङमार्ग सुरुमा आपत्कालीन सवारीसाधनका लागि मात्र खुला गरिने र सुरुङमार्गभित्र अन्य सवारीसाधनलाई चरणबद्ध रूपमा सञ्चालनमा ल्याइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्