६ श्रावण २०८३, बुधबार

कोलोराडोमा रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको आयोजनामा समर पिकनिक हुँदै

कोलोराडोखबर संवाददाता , July 22nd, 2026

-नातिबाबु भट्ट (कोलोराडो, अमेरीका) । अमेरीका स्थित कोलोराडोमा रहेका नेपालीभाषी समुदायको जेठो संस्था रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको आयोजना समर पिकनिक कार्यक्रम हुने भएको छ ।

नेपाली भाषी समुदायका सदस्यहहरु बिच भेटघाट गरी आपसी सद्भाव बढाउन तथा सहयोगको भावना बिकासगर्ने कार्यलाइ सघाउने उद्धेश्यले समर पिकनिक आयोजना गर्न लागिएको हो ।

आगामी अगष्ट २ तारिक आइतवारका दिन दिउसो ३ बजे देखी सांझ ७ बजे सम्म (1 E Memorial Parkway, Northglenn CO 80233) यहाँ स्थित सबै संघ संस्थाहरुको सहभागीतामा समर पिकनिक कार्यक्रमको आयोजना गर्न लागिएको रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको अध्यक्ष हरि गुरूङले बताएका छन् ।

पिकनिकमा सहभागीहुनुहुने महानुभावहरूकालागी लक्षितगरी बिभिन्न खेलकुद तथा मनोरञ्जनका कार्यक्रम आयोजना गर्न लागिएको संस्थाले उल्लेख गरेको छ । यस पिकनिकमा सहभागी हुनुहुन अनुरोध गर्दै संस्थाले बिभिन्न सामाजिक संजाल मार्फत नेपालीभाषी संघ संस्थाका पदाधिकारी गन्यमान्य, बुद्धीजिवी, समाजसेवी, पत्रकार, बिभिन्न पेशामा आबध्द्ध पेशाकर्मि, ब्यावसायी, नेपाली भाषी आमाबुबा ,दाजुभाई ,दिदिबहिनी तथा नेपाल र नेपाली प्रति सद्भाव राख्ने स्थानिय सबैलाई सपरिवार सहभागीताको लागी हार्दिक अनुरोध गरिसकेको छ । यदि कुनै कारणबस खवर नपाउनु भएको भए यसै समाचारलाइ आधार मानी सहभागीहुन अध्यक्ष गुरूङले हार्दिक अपिल गरेका छन् ।

संस्थाले कोलोराडोमा नेपाली भाषा संस्कृती संरक्षणका र पहिचनकालागी दशैं, नयां बर्ष लगायत बिभिन्न चाडपर्वहरुमा सांस्कृतीक कार्यक्रमहरु आयोजना गर्दै आएको छ । त्यसै गरी संस्थाले नेपाल र नेपालीको पहिचानकोलागी नेपाली परेड, समर पिकनिक लगायतका कार्यक्रम आयोजना गर्ने, नेपाली समुदायको हकहितकोलागी स्थानिय सरकार संग समन्वय गर्ने, नेपाली समुदायका सदस्यहरुलाई सहयोग आवश्यक परेमा अन्य संघसंस्थाहरु संग हातेमालो गर्दै सहयोग जुटाउने जस्ता कार्यक्रम गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्